यस्तो पनि : श्रीमती हत्या गरी जेल गएका एक युवाले जेल भित्रै गरे आत्महत्या

<span class='c1'>यस्तो पनि : श्रीमती हत्या गरी जेल</span> <span class='c2'>गएका एक युवाले जेल भित्रै गरे आत्महत्या</span>

चरिकोट, रासस । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि शेर्पालाई मङ्गलबारमात्र अदालत पेश गरिएको थियो ।

अदालतको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि मङ्गलबार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नआएपछि खोजतलास गर्दा झ्यालमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शेर्पाकी श्रीमती सर्किनीलाई गत पुस १६ गते आफ्नै कोठामा पासो लगाइ मृत अवस्थामा फेला पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्