पूर्व युवराज पारस शाहको अवस्था सुधारोन्मुख , सिसियुबाट क्याबिनमा सारिए

<span class='c1'>पूर्व युवराज पारस शाहको अवस्था</span> <span class='c2'>सुधारोन्मुख , सिसियुबाट क्याबिनमा सारिए</span>

काठमाडौं माघ १६ ।

हृदयघात भएर अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य सुधारोन्मुख तथा स्थिर भएकाले सिसियुबाट क्याबिनमा सारिएको आज अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

छातीमा अतिशय पीडा भएपछि सोमबार अपराह्न नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । सो समयमा उनको एउटा मुटुको धमनी टालिएको थियो । अस्पतालका मुटुरोग विभाग प्रमुख डा. यादवदेव भट्टको नेतृत्वमा बन्द भएको धमनी तुरुन्तै खुला गरिएको थियो ।  पूर्व युवराज शाह अहिले आगन्तुकसँग बोल्न, खाने र स्वासप्रस्वास प्रक्रिया सामान्य रहेको उपचारमा संलग्न चिकित्सक डा. भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्