इटहरीमा बालिका बलात्कृत भएको घटना सार्वजनिक , तीन जना समातिए

<span class='c1'>इटहरीमा बालिका बलात्कृत भएको घटना</span> <span class='c2'>सार्वजनिक , तीन जना समातिए</span>

इटहरी माघ १६ ।  इटहरीस्थित तरहरामा १५ वर्षिया बालिकालाई बलात्कार गरेको खुलेको छ । उक्त घटनामा सामेल भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

कक्षा ७ मा पढ्ने ती बालिका तीन महिनाको गर्भवती रहेको थाहा भएपछि बलात्कार भएको घटना  सार्वजनिक भएको हो ।

उक्त बालिकालाई फकाएर पक्राउ परेका तीन जनाले बेग्ला बग्लै समय र ठाउँमा यौन सम्बन्ध कायम गरेको खुलेको छ । प्रहरी इन्सपेक्टर बुद्धि चौलागाईका अनुसार कार्तिक  अन्तीम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थानमा तीन जनाले यौन सम्पर्क गरेका थिए । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको चौलागाईँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्