भागेर विहे गर्न नमानेपछि विष खुवाउने प्रयास, खान नमानेपछि युवतीमाथि कुटपिट

<span class='c1'>भागेर विहे गर्न नमानेपछि विष खुवाउने</span> <span class='c2'>प्रयास, खान नमानेपछि युवतीमाथि कुटपिट</span>

इलाम, १७ माघ ।  सन्दकपुर गाउँपालिकाकाे सुलुबुङका एक युवाले आफूसँगै विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी मगरमाथि कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए ।  कुटपिट गरेकाे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुटपिट गरेको खबर पाएपछि प्रहरी कार्यालय इलाम तथा प्रहरी चौकी बन्दुकेबाट गएकाे प्रहरी टोलीले सागरलाई पक्राऊ गरेकाे र घाइते मगरलाई अस्पताल पुर्याएकाे थियाे ।

कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाकाे बी एण्ड सी अस्पताल लगिएको छ । कुटपिट गर्ने सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएकाे प्रहरीले जनाएकाे छ । मगरले आफूसँग भागेर विहे गर्न नमानेपछि कुटपिट गरेकाे सुवेदीले बताएकाे प्रहरीले जनाएकाे छ । सुवेदीकाे यही माघमा बिहे तय भएकाे स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्