विराटनगरमा हिसान स्पोर्टस मिट : क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टार बिजयी

विराटनगरमा हिसान स्पोर्टस मिट : क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टार बिजयी

विराटनगर माघ १७ ।

विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिट अन्तर्गतका खेल सकिएका छन् ।  बुधबारसम्म सम्पन्न फाइनल खेलमा क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टारले उपाधि जितेको छ ।

स्पोर्टस् मिटअन्तर्गत क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ थालेको अरनिकोले १९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा १०० रन बनाएको थियो । जसमा राजा यादवले ४२ र प्रज्ज्वल श्रेष्ठले १२ रन बनाए । बलिङ मेरिल्याण्डका सक्षम कार्की र शुभज्ञराज पाण्डेल २–२ तथा गौरव राय र कृष्ण मण्डलले १–१ विकेट लिए ।

१०१ रनको विजयी लक्ष्य पछ्याएको मेरिल्याण्डले  १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । जसमा मुकेश कामतले ४०, सक्षम कार्कीले २१ र राकेश रायले १० रन बनाए । बलिङमा अरनिकोका प्रशान्त साह, आयुष भगत र विक्रम यादवले १–१ विकेट लिए । म्यान अफ द फाइनल मेरिल्याण्डका मुकेश कामत भए । म्यान अफ द सिरिज अरनिकोका विक्रम यादव, उत्कृष्ट ब्याट्समेन मेरिल्याण्डका सकिब हक, उत्कृष्ट बलर मेरिल्याण्डका सक्षम कार्की र उदयमान खेलाडी अरनिकोका प्रशान्त पोखरेल भए । 

छात्रा भलिबलमा पथरीको रेडस्टार कलेजले शिक्षादीप कलेजलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ । उमेन अफ द सिरिज रेडस्टारकी अन्जली लिम्बू, बेष्ट लिब्रो शिक्षादीपकी लक्ष्मी चौधरी, बेष्ट लिफ्टर रेडस्टारकी सम्झना धिमाल र बेष्ट स्पाइकरमा शिक्षादीपकी अन्जली राजवंशी भइन् । छात्र भलिबलको फाइनल खेल शनिबार हुनेछ ।

त्यस्तै फुटबलमा मोर्डनएरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई २–१ गोलमा हराउँदै उपाधि जितेको हो । खेलमा ग्रिनल्याण्डका सागर राईले गोल गर्दै अग्रता दिलाएको लगतै मोर्डनएराका अनुप मगरले गोल गरी खेललाई बराबरी पारे । मध्यान्तरपछि मोर्डनएराका म्यान अफ द फाइनल अनुप मगरले गोल गर्दै टिमलाई विजयी दिलाए । 

प्रतियोगिताको खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, एसएसपी किशोर दाहाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्तलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्