आज मौसम बदली, पूर्वमा हल्का वर्षाको सम्भावना

<span class='c1'>आज मौसम बदली, पूर्वमा</span> <span class='c2'>हल्का वर्षाको सम्भावना</span>

काठमाडौं माघ १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली  रहने र  बाँकी भूभागहरुमा आंशिक बदली रहने  जनाएको छ । देशका पश्चिमी भेगका थोरै स्थानहरु र मध्य र पूर्वका एक दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।  हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको जनाइएको छ ।

त्यसैगरी आज राति देशभर मौसम सामान्यतया  बदली रहने र  देशका पश्चिमी भेगका थोरै स्थानहरु र मध्य र पूर्वका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि शुक्रबार दिउँसो देशको पूर्वी  क्षेत्र तथा पहाडी भूभागमा मौसम सामान्यतया  बदली रहने र  बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ । देशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना समेत रहेको छ ।

भोलि राति देशका पहाडी भू भागमा सामान्यतया बदली रहने र बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ। देशका पहाडी क्षेत्रका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना हुनुका  साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ ।

त्यसैगरी शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने जनाइएको छ । शनिबार राति  देशका पहाडी भूभागमा आंशिक बदली हुनुका साथै  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने जनाइएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्