विराटनगर विमानस्थलबाट प्रकाण्डका छोरा गोलीसहित समातिए

<span class='c1'>विराटनगर विमानस्थलबाट प्रकाण्डका</span> <span class='c2'>छोरा गोलीसहित समातिए</span>

बिराटनगर माघ १८ , विराटनगर विमानस्थलबाट कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई तीन थान गोलीसहित प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।  नरेन्द्र नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा भएको प्रहरीले जनाएको छ । गोली लिएर जहाजबाट काठमाडौं जान खोज्दै गर्दा पक्राउ परेका नरेन्द्रलाई अनुसन्धानका लागि भनेर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनी साँझ ६ बजेको यति एयरलाइन्सको जहाजबाट विराटनगरहुँदै काठमाडौं जाने तयारीमा थिए ।

जहाजमा चढ्नु अघि सुरक्षा चेकजाँच गराउने क्रममा उनको साथबाट नाईन एमएम पेस्तोलमा लाग्ने तीनवटा गोली बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनले घटना अनुसन्धानका क्रममा रहेको भन्दै धेरै कुरा खुलाएनन् । सुरुमा पक्राउ नै गरिएको हैन भन्दै आएका डीएसपी श्रेष्ठले धेरै समयको अन्तरालपछि मात्रै नरेन्द्रलाई पक्राउ गरिएको पुष्टि गरे । बल्लबल्ल पक्राउ गरिएको स्वीकार गर्न सकेका डीएसपी श्रेष्ठको यो कुराले प्रहरी अधिकारी यस घटनालाई लुकाउन चाहन्थे भन्ने कुराको पुष्टि गर्छ ।

डीएसपी श्रेष्ठले एक युवालाई गोलीसहित पक्राउ गरेर ल्याइए पनि उनको पारिवारिक पृष्ठभूमि भने जानकारी नभएको बताए । प्रहरीले गोलीसहित पक्राउ परेको घटनालाई गम्भीरतापूर्वक रुपमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उनले अनुसन्धानपछि धेरै कुरा खुल्ने दावी गरे ।

मोरङ प्रहरीले भने पक्राउ परेका युवा विरुद्ध हातहतियार खरखजना मुद्धा चलाउने तयारी गरेको थियो । तर पक्राउ परेका युवालाई मुद्धा नचलाउनका लागि धेरै ठूलो दबाव प्रहरीलाई आइरहेका कारण पनि मोरङ प्रहरीले घटनालाई लुकाउन खोजेको स्रोतले बतायो । राजनैतिक रुपमा र सरकारकै केही उच्च पदस्थबाट मुद्धा नचलाउन दबाव आएको प्रहरी उच्च स्रोतको दावी ।(पुर्बेली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्