विदेशिदै नेपाली नर्स : नेपाली नर्सको प्रमुख गन्तव्य अस्ट्रेलिया

विदेशिदै नेपाली नर्स : नेपाली नर्सको प्रमुख गन्तव्य अस्ट्रेलिया

काठमाडौँ, माघ १८ गते । नेपाली नर्सको रोजगारी तथा अध्ययनको प्रमुख गन्तव्य अस्टेलिया बन्ने गरेको छ । संयुक्त राज्य अमेरिका र दुवई क्रमशः दोस्रो र तेस्रो रोजाइमा पर्दैआएको छ ।
यसवर्षको मङ्सिरसम्म विदेशिने नेपाली नर्सको संख्या दुई हजार एक सय पुगेको छ ।

२०५९ देखि हालसम्म १२ हजार ९१ जना नर्स विदेशिएका छन् । गत वर्ष दुई हजार ३९७ जनाले नेपाल नर्सिंङ परिषद्बाट ‘भेरिफिकेसन लेटर’ लिएका थिए । परिषदका रजिष्ट्रार विन्दा घिमिरेका अनुसार, यस वर्षको पछिल्लो तथ्याङ्कले पनि सबैभन्दा बढी अस्ट्रेलिया नै गएको पाइन्छ । यस वर्षको मङ्सिर १० देखि पुस २४ सम्मको अवधिमा सबैभन्दा बढी १७९ जना अस्ट्रेलिया, १६० अमेरिका, दुवई २१, बेलायत १३, आयरल्याण्ड, हङकङ, न्युजिल्याण्डबाट एक–एक गरी जम्मा ३७९ जना नेपाली नर्स विदेशिएका छन् । स्टाफ नर्स, नर्सिङमा स्नातक, र स्नातकोत्तर गरेकाहरू सबैभन्दा बढी विदेश जाने गरेका छन् ।

अस्टे«लियामा कार्यरत रजिस्टर्ड नर्स निकिता पौडेलले अस्ट्रेलियामा नर्सलाई काम पाउन बढी सम्भावना भएकाले पनि आकर्षण बढेको बताउनुभयो । विद्यार्थीका लागि ‘सिफ्ट’ मिलाएर काम गर्न, कलेज पढ्न र पारिवारका सदस्यसँगको समय व्यवस्थापन गर्न सजिलो हुने गरेको अनुभव उहाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्