झापामा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुईको मृत्यु

झापामा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुईको मृत्यु

झापा माघ १८ ,

झापामा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुईको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–९ स्थित मगरटोल नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ४२७१ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार ३७ वर्षीय चालक घनेन्द्र राईकी श्रीमती ३३ वर्षीया लक्ष्मी मगरको मृत्यु भएको हो । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा बिहीबार बेलुका उपचारका क्रममा लक्ष्मीको मृत्यु भएको हो । घाइते घनेन्द्रको सोही हस्पिटलमा उपचार भइरहेको छ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ सीतापुरी चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको को २ त ८५४२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको छ।

दुर्घटनामा परी ट्रयाक्टरका सहचालक शिवसताक्षी नगरपालिका–२ का २० वर्षीय सुमन देस्राको मृत्यु भएको छ भने ट्रयाक्टर चालक कमल–४ का २२ वर्षीय धापे धिमाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्