विराटनगरमा लामो समयपछी ए डिभिजन क्रिकेट प्रतियोगिता हुने

विराटनगरमा लामो समयपछी ए डिभिजन क्रिकेट प्रतियोगिता हुने


विराटनगर माघ १८ ,
  लामो समयपछी बिराटनगरमा जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेदेखि विराटनगरमा करिव ८ वर्ष पछि ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको हो । जिल्लाका ८ वटा टिमको सहभागिता रहने मोरङ जिल्ला क्रिकेट संघ अध्यक्ष सुनिल पौडेलले जानकारी दिए । करिव साढें ५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा १५ खेल खेलाईने छ ।

लिगको आधारमा खेलाइने खेलमा ८ टिमलाई २ समुहमा विभाजन गरि एक टिमले तीन खेल्न पाउँने छ । समुहमा पहिलो र दोस्रो हुने टिम सेमीफाइनलमा प्रवेश गर्ने खेल सम्योजक नविन घिमिरे जानकारी दिए । खेल ५० ओभरको खेलाइने आयोजकले जनाएको छ ।

यी टिम खेल्ने : 

प्रतियोगितामा गुराँस पुस्तकालय, पूर्वाञ्चल क्रिकेट एकेडेमी, होराईजन क्रिकेट क्लव, विराट क्रिकेट सोसाईटी, एग्रोभेट क्रिकेट क्लव, इन्द्रेणी क्रिकेट क्लव, विनायक क्रिकेट क्लव र एम सि सि क्रिकेट क्लवको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । पुछारका दुई टिम रेलिगेशनमा पर्दै वि डिभिजनमा घटुवा हने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्