विराटनगरमा हत्या गरिएकि बालिका रुपमतिको हत्यारा को ? अझै पत्ता लागेन हत्यारा

विराटनगरमा हत्या गरिएकि बालिका रुपमतिको हत्यारा को ? अझै पत्ता लागेन हत्यारा

विराटनगर माघ १९ ,

विराटनगरमा केही दिन अघि कञ्चनपुर निर्मला पन्तको घटना जस्तै घटेको थियो ।  विराटनगरकि ११ वर्षिया बालिका रुपमती दासको हत्या भएको घटनामा दोषी अझै पत्ता लाग्न सकेको छैन । आइतबार बालिकाको शव विराटनगरको सिंघिया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटना पछि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो ।  घटना सार्वजनिक भएयता दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। हिरासतमा राखिएकाको नाम भने प्रहरीले खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एंव प्रवक्ता घनश्याम श्रेष्ठले भने, ‘हालसम्म शंकास्पद धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरिए पनि निचोडमा पुग्न सकेका छैनौ।’

हत्या प्रकरणमा संलग्न पक्राउ हुन नसकेको भन्दै प्रवक्ता श्रेष्ठ भन्छन्, ‘हामी केहीदिन भित्र घटनाको अभियुक्तलाई कानुनी दायरामा उभ्याउनेछौ।’

घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर एक प्रहरी कार्यालय र मोरङ प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको र घटना भएको स्थानको पहिचान गर्न समेत सकेको छैन।

मृतक बालिका छिमेकी मोहम्मद नहिमको घरमा शनिबार साँझ टिभी हेर्न गएको परिवारको भनाई छ। सोही समयबाट वेपत्ता भएकी बालिकाको हत्या गरेर फालेको अवस्थामा आइतबार शव फेला परेको हो।

राति र विहानभरी खोजी गर्दा पनि नभेटिए पछि छोरी हराएको निवेदन दिन आइतबार दिउँसो प्रहरी कार्यालयमा पुगेका बुवा रामप्रसाद दासले छोरीको हत्या भएको खबर पाएका थिए।

रुपमतिले लगाएको चप्पल घर नजिकैको चौरमा फेला परको थियो। उनले लगाएका कपडा भने भेटिएको छैन। घटनामा संलग्न व्यक्तिले कपडा खोलामा बगाइदिएको हुन सक्ने आशंका गरिएको छ। (देशसञ्चार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्