विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित

विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित

विराटनगर, १९ माघ । विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित भएको छ । संघीय र प्रदेश सरकारले वार्ताका लागि आव्हान गरेपछि आन्दोलन पाँचदिनका लागि स्थगित गरिएको हो।सुनसरीको इटहरीस्थित पूर्वाञ्चल टिपर ब्यवसायी संघको प्रधान कार्यालयमा  आन्दोलन फिर्ता लिएको जनाएको छ ।

सोमबार विहान सुन्दरहरैंचा –९ मा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो। त्यसपछि आक्रोसित स्थानियले सातवटा टिपरमा आगजनी गरेका थिए। आगजनी पछि सुरक्षाको र आगजनी गरिएका टिपरको उचित क्षतिपूर्तिको माग गर्दै टिपर व्यवसायिहरु आन्दोलनमा उत्रिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्