बिराटनगर विमानस्थलमा गोलीसहित भेटिएका प्रकाण्डका छोरालाई ७ दिन म्याद थप

बिराटनगर विमानस्थलमा गोलीसहित भेटिएका प्रकाण्डका छोरालाई ७ दिन म्याद थप

विराटनगर माघ १९ ,

विराटनगर विमानस्थलबाट बिहीबार   तीनवटा गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरालाई प्रहरीले अनुसन्धानकालागि शुक्रबार सात दिनको म्याद थप गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार साझ गोलीसहित पक्राउ परेका नरेन्द्र विश्वकर्मालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धानकालागि सात दिनको म्याद थप गरेको हो ।

विराटनगर विमानस्थलबाट काठमाडौं जाने तयारी गर्दै गर्दा झोला चेकजाँच गर्दा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनी यति एयरलायन्सको जहाजबाट बिहीबार साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । विमानस्थलमा रहेको एक्सरे मेसिनमा झोला चेकजाँच गर्दा गोली भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्