सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, एकजनाको मृत्यु २ जना घाईते

सुनसरीमा दुई छुट्टाछुट्टै  सवारी दुर्घटना, एकजनाको मृत्यु २ जना घाईते

सुनसरी,  १९ माघ। सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । शुक्रवार राति   धरानबाट पानमारा जाँदै गरेको को १९ प १२३८ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान ५ बस्ने बर्ष ५३ को जित बहादुर लिम्बुलाई ठक्कर दिंदा लिम्बु गम्भीर घाईते भएका थिए । घाईते लिम्वुकाे बिराटनगरको नोवेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसैगरी सुनसरीकै देवागञ्जमा भएको दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । शुक्रवार बेलुका ७ बजेको समयमा देवानगञ्जबाट बिराटनगर तर्फ  आउँदै गरेको  को ३ प १५७० नम्बरको मोटरसाईकलले विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल चालक देवानगञ्ज-६ का १९ बर्षीय सुधिर मेहेता र मोटरसाईकल चालक देवानगञ्ज-३ का १९ बर्षीय मिथ्लेश यादव गम्भीर घाईते भएका हुन् । घाईते दुवै जनाको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्