सुखुवासभामा मदिरा सेवन पछि कुटपीटहुँदा एक जनाको मृत्यु

सुखुवासभामा मदिरा सेवन पछि कुटपीटहुँदा एक जनाको मृत्यु

संखुवासभा, १९ माघ । सुखुवासभाको खाँदवारी नगरपालिका-६ पाङठामा मादक पदार्थ सेवन गरी झै-झगडा भई कुटपीट हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती साढे ८ बजेको समयमा स्थानीय ४४ बर्षीय बम बहादुर न्यौपानेले मादक पदार्थ सेवन गरी छिमेकी ५० बर्षीय नर बहादुर भण्डारीको घरमा गई हाे हल्ला गरेका थिए ।   ढोकामा लात्तीले हान्दै हो- हल्ला गर्दा नर बहादुर भण्डारीले ढोका खोली ढोकामा लगाउने काठको आग्लोले बम बहादुर न्यौपानेको टाउकोमा प्रहार गर्दा उनकाे घटनास्थलमै  मृत्यु भएको हाे । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट धुपु र जिल्ला प्रहरी कार्यालय संखूवासभाबाट गएकाे प्रहरी टाेलीले नर बहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  जिल्ला अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्