इटहरी गोल्डकपको उपाधिका लागि आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै

इटहरी गोल्डकपको उपाधिका लागि  आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै

सुनसरी, १९ माघ । इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । खेल दिउँसो २ बजे स्थानीय इटहरी रंगशालामा शुरु हुनेछ ।

विभागीय टिम पुलिसलाई १–० को गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । आर्मी भने पहिलो सेमिफाइनलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाइ ४–१ गोल अन्तरले स्तब्ध पार्दै फाइनलमा पुगेको हो । उकृष्ट प्रर्दशन गर्दै उपाधि नजिक पुगेका दुवै टिमका कोच तथा कप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्