सरकारी गाडीमा गरेको आगजनी आरोपमा ५ नेवि संघका कार्यकर्ता पक्राउ

सरकारी गाडीमा गरेको आगजनी आरोपमा  ५  नेवि संघका कार्यकर्ता पक्राउ

पोखरा, १९ माघ । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल विद्यार्थी (नेवि) संघका कार्यकतालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित होटलबाट पक्राउ गरिएको हो ।नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल, नेविसंघ पोखरा विश्वविद्यालय पूर्वसभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डी कलेजका सभापति विनय पौडेललाई पक्राउ गरिएको छ ।

पक्राउ गरिएका विद्यार्थीको साथबाट बा५६प ३४८६ नम्बरको मोटरसाइकल, ग१४प १७२९ र ग८प १६८९ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अभियुक्तमाथि अनुसन्धान चलिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

शनिवार पोखराको मासबारमा सरकारी गाडीमा आगजनी गरिएको घटनाको नेविसंघले जिम्मेवारी लिएको छ । नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएको जनाएका छन् । बिदाको दिन सरकारी गाडी चलाउन नदिने केन्द्रीय कार्यक्रम भएकोमा शनिवारको दिन पनि सरकारी गाडी गुडिरहेको देखेपछि नेविसंघले गाडी जलाएको उनले दावी गरे ।

पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा१झ ५८७९ नम्बरको पिकअप भ्यानमा विद्यार्थीले पेट्रोल छर्केर आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्