विराटनगरकी बालिका हत्या प्रकरण : एक हप्तासम्म पनि दोषी पत्ता लाग्न सकेन

विराटनगरकी बालिका हत्या प्रकरण : एक हप्तासम्म पनि दोषी पत्ता लाग्न सकेन

विराटनगर, १९ माघ ।
विराटनगर महानगरपालिका – ८  सिंघिया खोला किनारमा ११ बर्षिय बालिका रुपमती दासको शव भेटिएको एकसाता वितिसक्दा पनि प्रहरीले  अझै दाेषी पत्ता लगाउन सकेकाे छैन ।  गत शनिवार टिभी हेर्न जाने क्रममा हराएकी बालिकाको शव आइतबार विहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो । बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको प्रहरीले बालिकाले लगाएको स्वेटर, टाउजर र टोपी भने फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठ बालिका हत्या प्रकरणको अनुसन्धान तिब्र बनाएको बताए । प्रमाण बुझ्ने काम भैरहेको बताउदै उनले चाँडै हत्या आरोपी सार्बजनिक गर्ने बताए । 

निर्मला पन्तसँग मिल्दो जुल्दो घटना
गत साउन पहिलो साता कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्या प्रकरणको निचोडमा अझै प्रहरी पुग्न सकेको छैन् । रुपमती हत्या पनि निर्माला प्रकरणसँग जोडेर हेर्न थालिएको छ । गाउमै रहने लागुऔषध प्रयोगकर्ताले बलात्कार गरी मारेको हुन सक्ने स्थानीयकाे अनुमान छ ।
प्रहरीले पनि निर्माला प्रकरणबाट सिकेर अनुसन्धानलाई त्रुटी रहित बनाउने प्रयास गरिरहेको छ । बालिकाको शव भेटिएपछि मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरी विराटनगरले छुट्टा– छुट्टै रुपमा अनुसन्धानमा प्रहरी परिचालन गरेको छ ।
हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
बालिकाको शव भेटिएको एकसातासम्म हत्या आरोपी सार्बजनिक नगरेको भन्दै स्थानीयबासीले प्रदर्शन गरेका छन् । शनिवार घटनामा संलग्नलाई तत्काल सार्बजनिक गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । घटनाका कारण गाउँमा बस्न गाह्रो भएको बताउदै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीले हत्यारालाई पक्राउ नगर्दा शंका उब्जिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्