नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेस कमजोर : कोइराला

<span class='c1'>नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा</span> <span class='c2'>कांग्रेस कमजोर : कोइराला</span>

विराटनगर, १९ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्रश्न गर्ने अधिकार कसैलाई नहुने जिकिर गरे ।

संख्यात्मक हिसाबले संसदमा कांग्रेस कमजोर भएको दाबी गर्दै कोईरालाले आफैँले नैतिकता र इमान्दारिता गुमाइसकेकाले अरुको नैतिकतामाथि प्रश्न उठाउनै नसकेको प्रति नेतृत्वको आलोचना गरे । कोइरालाले कांग्रेसमा अहिले नैतिकता, इमान्दारिता र संस्कारको खडेरी परेको टिप्पणी गरे ।
उनले वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए । कोइरालाले सरकारले गन्तव्य बिर्सिएकै कारण जनताले दुःख पाउने अवस्था सिर्जना भएको दाबी गरे । उनले मुलुकमा भ्रष्टाचार, महँगीसँगै बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए ।
“मुलुकमा दुई तिहाईको सरकार छ भन्छन् तर खोई दुई तिहाईको सरकार कहाँ छ भनेर जनताले खोजिरहेका छन्,” कोइरालाले थपे, “दुई तिहाईको दम्भका कारण सरकार अद्योगति तर्फ गइरहेको छ ।”
कार्यक्रममा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना गल्ती र कमजोरीहरू सधैं औंल्याइदिन आग्रह गरे । उनले आफ्नो क्षेत्रमा सडक निर्माण, रंगशाला, सामुदायिक भवन, बाल उद्यान निर्माण गर्ने योजनाका साथ अघि बढेको उल्लेख गरे । फुसको छानोलाई जस्तापाताको छानोमा परिणत गर्ने उनको दाबी थियो । उनले सुकुम्बासीको व्यवस्थापनका लागि काम भइरहेको जनाए ।
महानगरका मेयर भीम पराजुलीले विकासमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाए । कांग्रेस क्षेत्रीय सभापति दिलीप पोखरेल, महासमिति सदस्य दामोदर कोइराला, विराटनगर कांग्रेसका कार्यबाहक सभापति अरुण न्यौपाने, सचिव प्रकाश दाहाल लगायतले कांग्रेसले स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ कांग्रेस अगाडि बढे आउने निर्वाचनमा बहुमत ल्याउन कसैले छेक्न नसक्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्