राउण्ड टेवल ११ ले गर्यो, विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता

राउण्ड टेवल ११ ले गर्यो, विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता

विराटनगर, १९ माघ ।
विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ ले शनिबार विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता आयोजना गरेका छन् । विराटनगर–शंकरपुरमा रहेको जनता नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआइसी एशिया रन फर हेल्थ नाम दिइएको दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजको सहभागिता थियो । क्यान्सर डे को पुर्वसन्ध्यामा क्यान्सर रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन उदेश्यले सचेतनामूलक कार्यक्रम गरिएको कार्यक्रम संयोजक विकास बेगबानीले बताए ।

५ किलोमिटरको प्रतियोगितात्मक दौडमा १ हजार युवायुवती सहभागी भएका थिए । संघीय सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दौडका सहभागीलाई झण्डा देखाएर प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा समेत अतिथिका रुपमा सहभागी थिए ।
प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम भएका छन । यस्तै मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम माविका चिर्पा शेर्पा तेश्रो भएका छन । प्रतियोेगितामा छात्रातर्फ अर्किड कलेजीकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भए । विजयी हुनेहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ र भ्याकुम क्लिनर प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्