विराटनगरकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

<span class='c1'>विराटनगरकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषध</span> <span class='c2'>सहित ३ जना पक्राउ</span>

विराटनगर,  १९ माघ ।   विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराह नगरपालिका-२ बस्ने बर्ष २२ को मिलन राई, बर्ष २९ को सुमन थापा मगर र बिराटनगर-१५ बस्ने बर्ष २१ को प्रशान्त खड्कालाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका-८ बसपार्कमा बा. ६७ प. ५९५४ नम्बरको स्कुटरमा सवार रहेका राई र थापालाई शंका लागि चेकजाँच गर्ने क्रममा ४ सय ८० ट्याब्लेट लागूऔषध स्पास्मोप्रोक्सिभन फेला पारी बरामद गरेको हो । त्यसैगरी खड्कालाई  विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध डाईलेक्स डि.सी. २ बोतल र नाईट्रोजन ट्याब्लेट- १० चक्की सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका राई र थापालाई जिल्ला प्रहरी कार्यालय मोरङ र खड्कालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्