इन्धनमा फेरी मूल्य वृद्धि,पेट्रोल प्रतिलिटर १ सय १० रूपैया

<span class='c1'>इन्धनमा  फेरी मूल्य वृद्धि,पेट्रोल</span> <span class='c2'>प्रतिलिटर १ सय १० रूपैया</span>

काठमाडौं । इन्धनको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर बढाएको हा । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रूपैयामा उपलब्ध हुनेछ । त्यसैगरी डिजेल र मट्टीतेल ९७ रूपैया प्रतिलिटर पर्नेछ ।

भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार निगमलाई पेट्रोल २ रूपैयाँ २५ पैसा र डिजेल ४ रूपैयाँ २८ पैसा महँगो पर्नेछ । यसअघि पनि मूल्य बढेर आएपनि निगमले नेपाली बजारमा तेलको भाउ बढाएको थिएन ।
दसैं तिहार समयमा घाटामा तेल बेचेको निगमको अझै १ अर्ब ६ करोड घाटापूर्ति हुन बाँकी छ । नयाँ मूल्यअनुसार निगमलाई १५ दिनमा १ अर्ब १६ करोड रूपैयाँ नाफा हुनेछ । निगमले अहिले ग्यास सिलिन्डर मात्रै घाटामा बेचिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्