विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेश नम्बर र स्थायी राजधानी टुङ्ग्याउने बताएका छन् । प्रदेशको नाम र राजधानी यही अधिबेशनबाट टुग्याउने बारेमा गृहकार्य शुरु भएको जानकारी दिँदै मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरु सहमतीमा आउनेमा विस्वस्त रहेको बताए ।
प्रदेश सभाको तेश्रो अधिवेशन शुरु हुनु भन्दा अघि आज पत्रकार भेटघाट गर्दै मुख्य मन्त्री राईले सहमतिमा प्रदेशको नाम र राजधानीको बिषय टुंगो लगाउन बारेमा उच्च स्तरमा भएको सहमती अनुसार प्रदेश सरकार लागेको स्पष्ट पारे ।
मिडियामा आए जस्तै नेकपाको उच्च संयन्त्रले नाम र राजधानीको बिषय टुंगोमा नपुर्याएको भन्दै यसको अधिकार सार्वभौम प्रदेश सभामा निहित रहेकोले प्रदेश सभबाट नै सहमतीको आधारमा टुङ्गो लगाउने अन्यथा सहमती हुन नसके प्रक्रियाबाट भएप्नि यसै अधिबेशनले प्रदेशको स्थायी राजधानी र नाम टुङ्गोमा पुग्ने स्पष्ट पारे ।
‘हामीलाई कुनै पनि दलको उच्चस्तरबाट लेखित या मौखिक जानकारी आएको छैन, मुख्यमन्त्री राईले भने, प्रदेशको नाम र राजधानी कुनै ब्यक्तिले भनेर हुँदैन, यो अधिकार सार्बभौम संसदलाई छ ।’
कसैले मिडियामा भनेको भरमा नाम र राजधानीको बिषय टुंगोमा लाग्ने विषय नभएको उनको जिकिर छ । नाम र राजधानीका बिषयमा धेरै प्रस्ताव आएपनि प्रदेश सभामा यो बिषयले प्रवेश नपाएको बताए ।
प्रदेशको नाम र राजधानीलाई सदनमा प्रवेश गराउनको लागि कुन बिधिबाट लग्ने भन्ने स्पष्ट कानुनी आधार नभएकोले अब पहिलो काम संसदले बिधि र प्रक्रिया बनाएपछि मात्र प्रवेश पाउने छ । त्यसको लागि प्रदेश सभा संचालन नियमावली संशोधन गर्दै त्यसमा तोकिएको बिधि अनुसार प्रदेशको नाम र राजधानीको बिषयले प्रवेश पाउने र त्यसैले तोको समय सिमाका आधारमा अगाडि बढ्ने मुख्यमन्त्री राईको भनाई छ । उनले प्रदेश र नामको राजधानी एउटा बिधि र प्रक्रियाको आधारमा सर्बसहमतीबाट गर्ने प्रयास भईरहेकोले यसमा सहयोग गर्न उनले उनले पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले भने, हामी जिम्मेवार पुर्बक लागेको छौ, यसमा संचार मा ध्यामले पनि छरफस्ट नपारी जिम्मेवारी पुर्बक भुमिका खेलिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’
मुख्य मन्त्री राईले अव चाँडै मन्त्री परिषद विस्तार हुने समेत बताएका छन् । अव कामको लोड समेत बढेकाले अव मन्त्रि परिषद विस्तार हुने बताए ।