प्रदेश १को तेश्रो अधिबेशन : परिणाममुखी नतिजा ल्याउने आश ‘प्रदेशको नाम र राजधानी केन्द्र’

<span class='c1'>प्रदेश १को तेश्रो अधिबेशन : परिणाममुखी नतिजा</span> <span class='c2'>ल्याउने आश ‘प्रदेशको नाम र राजधानी केन्द्र’</span>

विराटनगर, २० माघ ।
प्रदेश १ को तेश्रो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेश्रो अधिबेशन शुरु भएको घोषणा गरे । सभामुख भण्डारीले तेश्रो अधिबेशन प्रदेश १ कै लागि परिणममुखी हुनेमा विस्वास ब्यक्त गरेसँगै शुरु भएको अधिबेशनको पहिलो बैठकमा ५ जनाले आफ्नो धारणा राखेका छन् । तेश्रो अधिबेशनको पहिलो बैठक भएकोले पनि सदनमा दलगत आफ्नो प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई बोल्न दिईएको थियो ।

सदनमा बोल्ने क्रममा सबै दलका नेताहरुले यसै अधिबेशनबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन् ।
मधेशवादीको राजधानी चिन्ता
संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले विगत २ अधिबेशनमा गर्न नसकेको काम यस अधिबेशनले पुरा गर्नेमा आशा ब्यक्त गरे । उनले सबै जनताको ध्यान प्रदेशको स्थायी राजधानी र नाममा केन्द्रीत रहेकोले यस बिषयलाई नटुङ्ग्याउँदासम्म कामै नदेखिने सुझाए । २० बर्षमा हुन नसकेको काम पछिल्ला डेढ बर्षमा भएको स्मरण गराउँदै प्रदेश सरकारले पनि अब गतिलिनु पर्नेमा जोड दिए । संसदीय समितिको सभापति तथा प्रदेश सरकारको विस्तारको कामलाई पनि प्रदेश सरकारले ध्यान दिनु पर्ने भन्दै प्रदेश सरकारले एक बर्षको बिचमा गरेको काम बुलेटिनको रुपमा ल्याएर जनतासम्म लैजान सुझाव दिए ।
प्रतिपक्षको पुरानै एजेण्डा
प्रदेश १ सभालाई सम्बोधन गर्दै प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोेईरालाले पुरानै एजेण्डालाई दोहोर्याएका छन् । उनले सरकारको गतिबिधि गन्तब्यहिन रहेको, डा. केसीको माग सम्बोधन नगरेको तथा निर्मला पन्त हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको आरोप लगाए । कोईरालाले प्रतिपक्षलाई अप्ठेरो परेको बेला मात्र सम्झिने अन्यथा वेवास्ता गरेको आरोप लगाए । उनले योजना आयोग गठनमा समेत कुनै छलफल नै नगरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको सदनमा सुनाए । प्रदेश १ मा विषयका विज्ञ नभएको जस्तो गरी एउटा मानव अधिकारकर्मीलाई ल्याएर योजना आयोगको उपाध्यक्ष बनाईएकोमा असन्तुष्टी जनाए ।
साना दलको रडाको
संघीय लोकतान्त्रीक राष्ट्रिय मन्च की एक मात्र सांसद विष्णुमायाँ तुम्बाहाम्फेले प्रदेश १ को नाम राख्ने बारेमा जातजाति भाषाभाषी तथा सबै जनतालाई समेट्न आग्रह गरिन् । उनले लिम्बुवान किराँत खम्बुवानको बिषयलाई वेवास्ता गरिए परिणाम राम्रो नआउने चेतावनी दिईन् ।दुई तिहाईको दम्भले जनताको मागलाई वेवास्ता गरिए त्यसबाट आउने परिणामको भागी प्रदेश सरकार हुने दावी गरिन् ।
राप्रपाकी सांसद ईन्दीरा राईले एक बर्षको जिम्मेवारी ग्रहण गर्दैगर्दा अहिलेसम्म भएका उपलब्धिलाई हेर्नु पर्ने बताईन् । उनले एक बर्षको अबधिमा कुनैपनि काम हुन नसकेको अझै देश अनिश्चितता तर्फ अगाडि बढेकोमा चिन्ता ब्यक्त गरिन् ।
अप्ठेरोका बिच गर्दैछौ ः सत्तापक्ष
सरकारले गरेको काममा प्रतिपक्षले बिरोध जनाई रहँदा सत्तापक्ष संसदीय दलका उपनेता टंक आङ्बुहाङले सरकारको बचाउ गरेका छन् । मुख्यमन्त्री अनुपस्थित पहिलो संसद बैठकमा सत्तापक्षको तर्फबाट उपनेताको हैसियतमा टंकलाई बोल्न दिईएको थियो । उनले सरकारले कामै गरेन भन्दा पनि नौलो अभ्यासका कारण केही असजिलाका बिचमा प्रदेश सरकार रहेकोले काम नदेखिएको स्पष्ट पारे । अहिलेसम्म सत्तापक्ष र प्रतिपक्षका बिचमा साझा सहमतिकै रुपमा काम भईरहेकोले आगामी दिनमा पनि सोही अनुसार नै सहमतिको आधारमा अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले यो अधिबेशनबाट धेरै बिधेयक पास गर्ने, प्रदेशको नाम र राजधानीको बिषय टुङ्गोमा पुर्याउने बिषय महत्वपुर्ण निर्णय हुनेमा विश्वास ब्यक्त गरे । (प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्