नेपालले जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज, बिराटनगरका ललितको अन्तिम ओभर उत्कृष्ट

नेपालले जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज, बिराटनगरका ललितको अन्तिम ओभर उत्कृष्ट

नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटियो।

युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।

बिराटनगरका ललित नारायण राजबंशीले अन्तिम ओभर गर्ने मौका पाएका थिए जसमा उनले पहिलो २ बलमा नै २ विकेट लिन सफल भए जसले नेपाललाई सजिलै जित दिलायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्