विराटनगरमा निर्मला पन्त हत्या प्रकृतिको घटनाः बास्तविकता यस्तो थियो

<span class='c1'>विराटनगरमा निर्मला पन्त हत्या प्रकृतिको</span> <span class='c2'>घटनाः बास्तविकता यस्तो थियो</span>

विराटनगर, २० माघ ।
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको पाईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै बालिकालाई लागुऔषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या भएको सार्बजनिक गरेको हो ।

घटना प्रकृती
गत माघ १२ गते राती करिब ८ बजेको समयमा विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाही की १० बर्षिय बालिका रूमती दास हराईन । उनका बुबा राम प्रसाद दासले जिल्ला प्रहरी कार्यालय मोरङमा १३ गते उजुरी दर्ता गर्दै थिए । रामले उजुरी दर्ता गराएको केही समय नुहँदै बालिकाको शव सिंघिया खोलामा फेला परेको जानकारी प्रहरीमा आयो ।
मृतकको हजुरआमा सितादेवी दासले शव खोलामा डुवी रहेको देखेपछि सिँगिया खोलाको किनारमा ल्याएर नाङ्गै रहेको शवलाई सलले छोपिन् र आफन्त तथा प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको टोली घटनास्थलमा पुग्दा मृतकको घर भन्दा करिब ६ सय मिटर तल सिंघिया खोला किनारमा मृतकको शव भेटिएको थियो । उनको शवमा मुखबाट रगत बगेको, घाटीमा कालो निल डाम देखिएको, यौनाङ्ग वरिपरी रगत जमेको अबस्थामा शव भेटिएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले गरेको २४ जनाको अनुसन्धान मध्येबाट २ जनालाई दोषी पत्ता लगाएको हो ।
१२ गते अब्बास अन्सारी भन्ने ब्यक्ति भारतको जोगवनी गएर लागु औषध ल्याउने गरेको र त्यो दिन पनि ६ वटा नाईट्रोसन ट्याब्लेट ल्याएको प्रहरीको सुक्ष्म अध्ययनले देखिएको छ । प्रहरीले अनुसन्धानको अब्बास अन्सारीले एक महिलालाई सोही दिन करिब साँढे ६ बजे लागु औषध नाईट्रोशनको आधा ट्याब्लेट खुवाउन खोजेको तर ति महिलाले खान नमाने पछि आफैले खाएका थिए ।
त्यस लगत्तै रक्सी खाएर मातेर आएका चन्दु महतोलाई गाउँकी छिमेकी महिलासँग यौन सम्पर्क राख्ने ईच्छा ब्यक्त गरेपछि चन्दुले समेत सघाएको पाईयो, एसपी केसीले भने । त्यस पछि राती ८ बजेको समयमा बाहिर निस्किएकी रुमती दासलाई ति युवाहरुले मुख थुनेर चौरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएकोछ । ‘दुबै जनाले पालैपालो बलात्कार गरेपछि बालिकालाई घाँटीमा अठ्याएर मारेको पाईयो, एसपी केसीले भने, ‘बालिका रुमतीको हत्या लगतै उनीहरुले खोलामा बगाएको पाईयो ।’
घटना गर्नु भन्दा पहिले त्यही दिन राती करिब ८ बजे अब्बास अन्सारी र चन्दु महतो बीच पीडितको घर नजिकै भेट भएको थियो । बलात्कार गर्ने सल्लाह भए पछि पीडित बालिकालाई उठाई नजिकैको चौरमा मुख थुनी पालैपालो बलात्कार गरी घाँटी थिचेर हत्या गरेपछि मृत शरिरलाई सिंघिया खोलामा फाली दिएको प्रहरी उपरीक्षक केसीले जनाए । मृतक बालिकाको लुगा खोला किनारमा लुकाएको र भोली पल्ट बिहान करिब साढे ६ बजेको समयमा अभियुक्त मध्येका अब्बास अन्सारीले लाश अड्किएको ठाउँबाट पुनः धकेलिदिएको अनुसन्धानमा खुलेको एसपी केसीले बताए ।
यसरी बालिका बलात्कार पछि हत्याको आरोपमा प्रहरीले २ जनालाई सार्बजनिक गरेको हो । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका वड नं. ८ बलुवाहीका बर्ष १९ का चन्दु महतो र सोही स्थान बस्ने बर्ष २५ को भुट्टु भन्ने अब्बास अन्सारी रहेका छन् । यी दुबैजना मजदुरी गर्ने र लागु औषध प्रयोगकर्ता रहेको समेत प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैलाई जवरजस्ती करणी गरी कर्तब्य ज्यान अपराध गरेको कसुरमा जिल्ला अदालत मोरङमा म्याद थप भई अनुसन्धान शुरु भएको एसपी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्