विराटनगर-इटहरी चल्ने भाे मोनोरेल, निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता

<span class='c1'>विराटनगर-इटहरी चल्ने भाे मोनोरेल, निर्माणका</span> <span class='c2'>लागि ३२ अर्बको लगानी सम्झौता</span>

काठमाडौं, २० माघ । विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, नेपाल सरकारले मोनोरेल निर्माण सम्बन्धी अनुमति दिएपछि काम पैसा आउँछ’, बिराट मोनोरेलका अध्यक्ष मेहताले  भने ।

बहुराष्ट्रिय कम्पनी भिनेष्टाले मोनोरेलमा लगानी गर्न लागेको हो । ‘भारतीयहरुको प्रमुख सहभागीता रहेको बहुराष्ट्रिय कम्पनीले लगानी गर्ने भएको छ, अब बिराटनगर मोनोरेल निर्माण हुने पक्का भएको छ’, मेहताले भने । यहि पुस २९ गते मोनोरेल निर्माणका कम्पनीले नयाँ लगानीकर्ताका रुपमा अजय कुमार सत्याललाई उपाध्यक्ष नियुक्त गरेको थियो । मोनोरेल जापानी प्रविधीको हुनेछ । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा बुट मोडलबाट मोनोरेल निर्माण गर्ने तय भएको छ । मोनोरेल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

विराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेका छन् । मोनोरेलमा १ नम्बर प्रदेश सरकार र मार्गधिकारभित्र पर्ने स्थानीय तहहरुले समेत लगानीका लागि इच्छा देखाएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए ।

कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गर्ने जनाएको छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० वर्षभित्र लगानी उठाई सक्नेछ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका राकेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए ।

सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्नेछ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको पनि आत्रेयले सुनाए । ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालीमा हाल नयाँ लगानीकर्ता थपिएपछि कामले गति लिन लागेको हो । विकास न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्