बिराटनगरमा जारी विराट फूटवेयर एक्स्पो : झापा , सुनसरी , धनकुटाबाट पनि ग्राहकको भिड

<span class='c1'>बिराटनगरमा जारी विराट फूटवेयर एक्स्पो : झापा</span> <span class='c2'>, सुनसरी , धनकुटाबाट पनि ग्राहकको भिड</span>

बिराटनगर माघ २१ ,

विराटनगरमा जारीरहेको ‘विराट फूटवेयर एक्स्पो’ मा सर्वसाधारणको भिड बढ्दै गएको छ ।विराटनगर–७ सात घुम्ती स्थित खाली जग्गामा सुरु भएको उक्त जुत्ताचप्पल मेलामा बिराटनगर साथै झापा , सुनसरी , धनकुटाबाट पनि ग्राहकको उपस्थिति रहिआएको छ ।

सस्तोमा जुत्ताचप्पल पाउने भएपछी सीमावर्ती भारतबाट पनि दैनिक ग्राहक आउने गरेको मेला आयोजकले जनाएको छ । "कारोबार राम्रो भइरहेको छ एक्स्पोमा , हामीले नयाँ काठमाडौंबाट थप नयाँ मोडेलका जुत्ताचप्पल पनि झिकाएका छौ" मेला संयोजक होमनाथ उपाध्यायले बताए  ।

मेलामा छाला जुत्ता, स्पोर्टस जुत्ता, स्कुल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्प्ल, हवाई च्प्पल लगायतका वस्तु विक्रीका राखिएको छ । उत्पादक कम्पनीहरुले १५ देखि ६० प्रतिशतसम्म उपभोक्तालाई छुट दिएको मेला ग्राहकहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक उपाध्ययले बताउनुभयो ।

मेलामा वि.एफ डियर हिल सुज, रोयल सुज, रन सुज, क्रस रोड सुज, म्याजिक, हाइलाइफ, सु ल्याण्ड, कोसेली सुज प्रदर्शनीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्