विराटनगरमा विद्युत पोल सार्ने क्रममा करेन्ट लाग्दा ३ जना घाईते, ठेकेदारको लापरवाही

<span class='c1'>विराटनगरमा विद्युत पोल सार्ने क्रममा करेन्ट</span> <span class='c2'>लाग्दा ३ जना घाईते, ठेकेदारको लापरवाही</span>

विराटनगर, २१ माघ । विराटनगर महानगरपालिकामा बिद्युतको पोल सार्नेक्रममा करेन्ट लाग्दा ३ जना घाईते भएका छन् । आज मध्यान्ह भृकुटीचोकमा विजुलीको पोल सार्ने क्रममा मजदुरलाई करेन्ट लागेको हो ।

विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रले विराटनगरको विभिन्न स्थानमा लाईन अरुद्ध हुने जानकारी अघिल्लो दिन देखि नै सुचना प्रवाह गर्दै आएको थियो । तर एकाएक मुख्य लाईनमा नै बिद्युत छाड्दा आफुहरुलाई करेन्ट लागेको उनीहरुले बताएका छन् । करेन्ट लागेकाहरुमा विराटनगर ४ का मोहम्मद राहन , संजिव पासवान र मुकेश पासवान घाईते छन् । घाईते मध्ये राहनको अवस्था गम्भिर रहेको छ । तिनै जना घाईतेहरुको विराट नर्सिङ होममा उपचार भईरहेको छ । मजदुरहरुले बिद्युत प्राधिकरणको गल्तीका कारण घटना भएको बताएका छन् ।
प्राधिकरणले आफ्नो गल्ती नभएको स्वीकार गरेको छ । निर्माणको जिम्मा लिएको कृष्ण बोहराको भुमी कन्ष्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा ब्यवस्था नगर्दा घटना हुन गएको बिद्युत प्राधिकरणले जनाएको छ । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले भुमी कन्ष्ट्रक्सनले मागेको एउटा भृकुटी फिडरको लाईन काटिएको थियो । त्यो सहित अन्य ४वटा फिडरको पनि लाईन काटिएको उनले जानकारी दिए ।
भुमी कन्ष्ट्रक्सनले अर्को पेटी ठेकेदारलाई कामको जिम्मा दिएको समेत पाईएको छ । भृकुटी फिडरकोलागि मात्र बिद्युत कटौती गर्न बिराटनगर गेट देखि पाञ्चालीसम्मको बिद्युत कटौती भएको थियो । तर त्यो बाहेकको अर्कै फिडरलाई चलाउनु बिद्युत प्राधिकरणको नियम बिपरित भएकोले ठेकेदार कम्पनीलाई यस बारेमा भनिसकिएको छ, प्रमुख सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्