झापाका सिडिओले संचारकर्मीलाई भिडियो खिच्नै दिएनन्

<span class='c1'>झापाका सिडिओले संचारकर्मीलाई</span> <span class='c2'>भिडियो खिच्नै दिएनन्</span>

बिर्तामोड, २१ माघ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका  टेलिभिजनकर्मीलाई ज्ञापनपत्र बुझाएको भिडियो खिच्न रोकेका हुन् । ‘त्यो क्यामरा बन्द गर, भनेर तीन पटकसम्म प्रमुख जिल्ला अधिकारी दाहालले क्यामरा बन्द गर्न लगाए,’ एपी वान टेलििभजनका  विष्णु श्रेष्ठले जानकारी दिए ।  यसबेला प्रमुख जिल्ला अधिकारी दाहालले क्यामरा बन्द गर्न टेलिभिजन पत्रकारलाई ठाडो रुपमा बारम्बार निर्देशन दिएका थिए ।

उनले ‘मोबाइलबाट खिचे खिच्नुस्, टेलिभिजनको क्यामराबाट खिच्न मेरो कक्षमा दिन्न’ भन्दै सञ्चारकर्मीलाई बारम्बार भनिरहे । प्रमुख जिल्ला अधिकारी दाहालसँग यसबारे जिज्ञासा राख्दा उनले यो आफ्नो कक्ष भएकाले यस भित्र आफ्नो पूर्ण अधिकार हुने भन्दै सोमबार टेलिभिजनका क्यामरा बन्द गर्न लगाएको स्वीकार गरे ।‘मेरो कक्षमा मेरो अधिकार हो, टेलिभिजनले लाईभ गर्छन्, म लाईभ गर्न दिन्न, मोबाइलबाट खिच्न रोक लगाएको होइन, टेलिभिजनको क्यामरा बन्द गर्न मैले नै लगाएको हो,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

यो सरकारकै निर्णय र निर्देशन भएको समेत दाहालको दावी छ । उनले कांग्रेसले बुझाएको ज्ञापनपत्र लिइरहँदा त्यहाँ पुगेका नेता कार्यकर्ताले भने मोबाइलबाटै फेसबुक लाईभ गरिरहेका थिए भने फोटो र भिडियो समेत खिचिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्