खोटाङ, २१ माघ । खोटाङको दिप्रुङ-चुईचुम्मा गाउँपालिका-४ साउने डाँडा बस्ने धनकुमार राईको घरमा आगलागी हुँदा करिब ५ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । राईको ढुंगा माटोले बनेको फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा २ वटा घर सहित र घर भित्र रहेको सम्पूर्ण सर-सामान ५ वटा कुखुरा जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।