विराटनगर–१, सिंघिया खोलामा निर्माणाधीन पुल गलत डिजाइनका कारण विवादित

<span class='c1'>विराटनगर–१, सिंघिया खोलामा निर्माणाधीन पुल</span> <span class='c2'>गलत डिजाइनका कारण विवादित</span>

विराटनगर, २२ माघ । विराटनगर–१, सिंघिया खोलामाथि निर्माणाधीन पुल गलत डिजाइनका कारण विवादित भएको छ । डिजाइन सच्याउनका लागि भन्दै तत्कालका लागि निर्माण रोकिएपछि स्थानीय आक्रोशित भएका छन् । सडकको सतहभन्दा साढे तीन मिटर अग्लो पुल बन्ने भएपछि निर्माण विवादित भएको हो । गत बिहीवार बिहान पुलको काम रोकेर ठेकेदारले कामदार र सरसामान अन्यत्र लाने प्रयास गरेपछि स्थानीय विरोधमा उत्रिएका थिए । पुल निर्माणका लागि ल्याइएको सामान र उपकरण अन्यत्र लैजान खोजेपछि स्थानीयले विरोध व्यक्त गरेका हुन् । केन्द्रीय बजेटबाट निर्माण भइरहेको सो पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शन र कार्की बन्धु जेभीले लिएका छन् ।

६४ दशमलव १० मिटर लम्बाइको सो पुल २०७३ असोज ६ गते सम्झौता भएर २०७५ असोज ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, हालसम्म पुल निर्माण हुन सकेको छैन । ठेकेदार पक्षले विभिन्न बहाना बनाएर पुल निर्माणलाई लम्ब्याउँदै गएको सरोकारवालाको भनाइ छ । रू. ५ करोड ७९ लाख ७५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो पुल निर्माणको निगरानी भने डिभिजन सडक कार्यालय विराटनगरले गरिरहेको छ ।

स्थानीय र ठेकेदारबीच विवाद भएपछि निर्माणस्थल पुगेका सडक डिभिजन कार्यालयका इन्जिनीयर दीपक झाले पुलको डिजाइन सडकभन्दा ३ मिटर बढी माथि उठ्ने देखिएकाले डिजाइन पुनरवलोकनका लागि विभागमा पठाइएको जानकारी दिए । यता ठेकेदार पक्षले भने आफ्नो कारणले निर्माण नरोकिएको दाबी गरेको छ । ठेकेदार पक्षका इन्जिनीयर राजकुमार साहले निर्माणस्थल माथि भएको हाइटेन्सनको तारका कारण निर्माणमा ढिलाइ भएको तथा इस्टिमेट गरी काम लगाउने निकायले नै डिजाइन पुनरवलोकनका लागि तत्काल निर्माण रोक्न लगाएको दाबी गरे ।

ठेकेदार पक्षले पुल निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको बताएको छ । सो विषयमा सडक डिभिजन कार्यालय विराटनगरले ठेकेदार पक्षले ३ करोड २३ लाख भुक्तानी लगिसकेको जानकारी दिएको छ भने ६ महीना म्याद थप्ने प्रक्रियामा रहेको समेत बताएको छ । आर्थिक अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्