विराटनगरकी ज्योती नयाँ जीवनका साथ अस्पतालबाट फर्किईन् (भिडियाे रिपाेर्ट)

विराटनगरकी ज्योती नयाँ जीवनका साथ अस्पतालबाट फर्किईन् (भिडियाे रिपाेर्ट)

प्रेम देवान, ओवी ।
विराटनगर, २२ माघ । विराटनगर मुनालपथकी विमला भण्डारीलाई आफ्नी छोरी ज्योती भण्डारीले नयाँ जीवन पाउँछिन् भन्ने सोचेकै थिईनन् । सोतो मछडले टोकेका कारण उनकी छोरी मस्तिकको नसा सुकेर प्यारालाईसिस जस्तै हुन पुगिन् । उनी एक महिना जति अस्पताल बसेकी उनी घर फर्किएकी छिन् । उनी १० दिन सम्म न त बोल्न नै सक्थिन् त हात खुटा चलाउन नै । तर अहिले उनको मुहारमा खुशीको मुस्कान छाएको छ । उनी मात्र हैन उनकी आमा आफन्त अनि उनलाई उपचारमा सहयोग गर्ने ती सहयोग हातहरु प्रति कृतज्ञ छन् ।

उनी यो अवस्थामा आईपुग्न धेरै संघर्षका कथाहरु छन् । विमला भण्डारीले छोरीको उपचार एक्लै गर्न सक्ने अवस्था थिएन । सामान्य मजदुरी गरेर छोराछोरीको पालन पोषण अनि स्कुल पढाउदै आएकी विमलालाई छोरीको उपचार कसरी गरौँ भन्ने चिन्ता थियो ।
ज्योतीको कोशी अञ्चल अस्पतालदेखि धरानको घोपा क्याम्प हुँदै नोवेल अस्पतालसम्म उपचारको लागि दौडनु पर्यो । विराटनगरको मोर्डन एरा स्कुलमा कक्षा १० मा पढ्दै गरेकी ज्योतीलाई स्कुल र उनका साथीहरुले पनि आर्थिक सहयोगको अपिल गरे । विमलाको आर्थिक अवस्था नाजुक भए कै कारण उपचारमा ढिलाई भईरहेको थियो । त्यसैगरी विद्यालयका शिक्षक तथा साथीहरुले सामाजिक सञ्जाल फेसबुकमा ज्योतीको उपचारर्थ सहयोगको यचाना माग्न थाले । ज्योतीको उपचारको विषयमा एक कान दुई कान हुदै सामाजिक सञ्जालमा उनलाई सहयोगी हातहरु उठ्न थाले ।
विराटनगरका केही विद्यार्थी तथा युवा अभियान्ताहरु ज्योतीको उपचारको लागि हौसिन थाले । हुन त विद्यार्थीहरुमा आफैमा पैसा आउने बाटो थिएन । भर्खरै स्कुल अनि कलेज पढ्दै गरेका विद्यार्थीहरुले एउटा नयाँ जुक्ती निकाले, ज्योती बचाउने अभियान ।
त्यसै क्रममा उनीहरुले विराटनगरको विभिन्न स्थानमा बसेर चटपटे तथा पानीपुरी बेचेर ज्योती बचाउ अभियानमा लागे । विराटनगरका दुई दर्जन बढी विद्यार्थी तथा सामाजिक सेवामा आवद्ध युवाहरुले ज्योती बचाउ अभियानमा सहयोग गरे । त्यती मात्र नभएर विराटनगरका पसल पसलमा पुगेर ज्योती भण्डारीको उपचारर्थ सहयोग उठाउन लागी परे । विद्यार्थीहरुले बिराटनगरमा मात्र हैन बाहिर पनि आर्थिक रकम जुटाउन भ्याए । उनीहरुले संकलन गरेको रकम ज्योती भण्डारीकी आमाको हातमा लगेर बुझाउने गर्दथे ।
ज्योती बचाउ अभियानका सहयोगी हातहरुले करिब एक लाख ८ हजार ६ सय ५० रुपैया संकलनगरि ज्योतीको उपचारमा आर्थिक सहयोग रकम हस्तान्तण गरे । उनीहरुको यो कार्य देखेर विराटनगरमा अन्य व्यक्ति, संघसस्था लगायतले ज्योतीको उपचारमा धेरै सहयोग गरे । सबैको सहयोगमा ज्योती भण्डारीलाई नयाँ जिवन प्रदान गरेको प्रति गर्व महसुस गरे ।
विमलाका श्रीमान् १० बर्ष अघि नै घर छोडर निस्कीएका छन् । विमला विराटनगरमा रहेको एक जुत्ता चप्पल उद्योगमा काम गर्दै आएकी छिन् । सामान्य आर्थिक अभावले झेलिरहेको वेला मरिसकेकी छोरीलाई बचाउन सहयोग पुर्याउने सहयोगी हातहरु प्रति उनले खुसी ब्यक्त गरिन् ।

https://www.facebook.com/ourbrt/videos/317985875589200/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्