विराटनगरको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालमा नयाँ व्यावस्थापन समिति, गर्ला त काम !

विराटनगरको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालमा नयाँ व्यावस्थापन समिति, गर्ला त काम !

विराटनगर, २२ माघ । विराटनगर भित्र सरसफाई र फोहोर मैलाको व्यावस्थापन गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल जेवीमा नयाँ व्यावस्थापन समिति गठन भएको छ ।

देवी आचर्यको नेतृत्वमा रहेको पुरानो व्यावस्थापनलाई साझेदारी ल्याएर अहिले नयाँ व्यावस्थापनबाट वेष्ट मेनेजमेन्टको सबै काम–कार्य भईरहेको छ । नयाँ व्यावस्थापनमा नरेन्द्र कार्कीको अध्यक्षतामा ६ सदस्यीय समिति गठन भएको छ ।
नयाँ व्यावस्थापनको उपाध्यक्षमा सविता रिजाल, सचिव प्रकाश ईङगनाम, सदस्य समितिमा ग्याल्जेन लामा, सिकन्दर मरिक र उदयदिप कार्की रहेका छन् ।
विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट ग्रुप नेपालले महानगरभित्र रहेका सरसफाई तथा फोहोर व्यावस्थापनको काम गर्दै आएको छ ।
विराटनगर महानगरपालिकाबाट वेस्ट मेनेजमेन्ट कम्पनीसँग ५ बर्षको लागि फोहोर उठाउने जिम्मा पाएको छ । विराटनगर महानगरपालीकासँग मिति २०७३ जेष्ठ १ गतेदेखि २०७८ वैसाख मसान्तसम्मको सम्झौता मिति रहेको छ । विराटनगर महानगरपालिकामा अहिले दैनिक एकसय १० टन फोहोर संकलन हुने गरेको छ । महानगरपालिका र वेष्टमेनेजमेन्ट प्रालिबाट खटाईएका हाल करिब २ सय १० सरसफाई कर्मचारीलाई रहेका छन् ।
वेष्ट मेनेजमेन्ट ग्रुप कम्पनीका परियोजनाका प्रमुख देवीप्रसाद आर्चाय पनि जेवीमा रहेर काम गर्नेछन् । नयाँ गठन भएको व्यावस्थापन समितिले नगरबासीको मन जित्दै पारदर्शी ढङ्गबाट काम गर्ने नव गठित अध्यक्ष नरेद्रराज सिह कार्कीले जानकारी दिए । आगामी दिनहरुमा नगरभित्ररको फोहोर मैलाको व्यावस्थापनमा कुनै कमी आउन नदिने कार्कीले बताए । समितिले विराटनगरको फोहोर मैला व्यावस्थापनको लागी विराटनगरमा रहेको पाईला परिवर्तनकालागीसँग सहकार्य गर्दै अहिलेसम्म सय हप्ते सरसफाई अभियान समेत सम्पन्न गरेको समितिका सचिव प्रकाश ईङगनामले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्