विराटनगरमा हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान मर्मतको काम तिब्र

विराटनगरमा हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान मर्मतको काम तिब्र

विराटनगर, २२ माघ। फागुन २८ देखि सुरु हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान र सडक मर्मतको काम तिब्र बनाइएको छ । एक महिनाभित्र सक्ने लक्ष्यसहित शहीद रंगशालासम्म पुग्ने सडक र खेल मैदान मर्मतको काम तिब्र बनाइएको हो ।

पहिलो पटक विराटनगरको शहीद रंगशालामा आयोजना गरिने प्रतियोगिताको तयारी फागुन १५ गतेभित्र सक्ने लक्ष्य राखिएको अखिल नेपाल फुटबल संघ एन्फा उपमहासचिव बसन्त अर्यालले जानकारी दिए । मैदान मर्मत, प्लेयर बक्स र चेन्जिङ रुमको निर्माणको काम भइरहेको उनले बताए । मैदानमा झार हुर्काउने काम पनि भइरहेको छ । विकास परियोजना अन्तरगत रंगशालासम्म पुग्ने बाटो र मेनरोडमा ढलको पाइप बिच्छयाएर निर्माणको काम गरिरहेको मेयर भीम पराजुलीले जानकारी दिए । ‘साफ सुरु हुन अघि नै सडकको काम सक्छौं’ उनी भन्छन् ‘ठेकेदारलाई दिउँसो र राती पनि काम गर्न लगाएका छौं ।’

पराजुलीले खेलाडी बस्ने होटल सम्म पुग्ने सडक र प्रशिक्षण गर्ने स्थानसम्म पुग्ने सडकको पनि स्तरउन्नती र मर्मत गरिने बताए । प्रशिक्षणका लागि विराटनगर जुट मिलको खेल मैदान, दिल्ली पब्लिक स्कुलको खेल मैदान र दुहबीको खेल मैदान प्रयोगमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्