विराटनगरकाे नेरुडे लघुवित्तको मुनाफामा ६८ प्रतिशतले वृद्धि, कमायो ३ करोड ८१ लाख

विराटनगरकाे नेरुडे लघुवित्तको मुनाफामा ६८ प्रतिशतले वृद्धि,  कमायो ३ करोड ८१ लाख

विराटनगर,२२  माघ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ८१ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षकोसोहि अवधिको तुलनाभन्दा ६८ दशमलव २० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड २७ लाख रुपैयाँ कमाएको थियो । ३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेरुडेले जगेडाकोषमा ४१ करोड ९० लाख रुपैयाँ छुटाएको छ । निक्षेप १ अर्ब ७१ करोड ८ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ४ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा गत वर्षको तुलनाभन्दा ३० दशमलव ३० प्रतिशतले वृद्धि गरेको हो ।

लघुवित्तको खुद व्याज आम्दानी २० प्रतिशतले बढेर १८ करोड १ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७१ दशमलव ४२ प्रतिशतले बढेर ६ करोड रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २२ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव २८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २१ दशमलव २८ रुपैयाँ र तरलता अनुपात १० दशमलव ७९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्