विराटनगरमा संचारकर्मी  सहकारीकाे बार्षिक साधारणसभा, तीन जनालाई सम्मान

विराटनगरमा संचारकर्मी  सहकारीकाे बार्षिक साधारणसभा, तीन जनालाई सम्मान

विराटनगर, २२ माघ ।  संचारकर्मी  सहकारीकाे बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।  पत्रकारहरुमात्र सदस्य रहेको संचारकर्मी सञ्चार सहकारी संस्थाले तीन जनालाई सम्मान गरेको हाे ।  विराटनगरमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट  असल ऋणी टिकाराम भुजेल, उत्कृष्ट वचतकर्ताहरु कुमोद अधिकारी र रोशन बुढाथोकीलाई सम्मान गरिएकाे हाे । सम्मानित ब्यक्त्तिलाई प्रदेश १ का संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादव र उद्योगी दिनबन्धु गोयलले दोसल्ला ओढाएर सम्मान गरे ।

प्रदेश सभा सदस्या यादवले प्रदेश सरकारका तर्फबाट हालै प्रदेश सभामा सहकारी सञ्चालन सम्बन्धी विधेयक दर्ता भएको र यसलाई व्यापक छलफलपछि ऐनको रुपमा ल्याउने तयारी भएको जानकारी दिए । सहकारीले स्थानीय रुपमा आर्थिक गतिविधि सञ्चालन गर्न मद्धत पुगेको बताए । सांसद यादवले सहकारीको नीति नियममा बसेर कारोबार गर्ने प्रवृत्तिको विकास गरिनु पर्नेमा जोड दिए । उनले पत्रकारहरुकाे लागि कलर प्रिन्टर सहयाेग गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।सहकारीका अध्यक्ष मोहन भण्डारीले पत्रकारहरुको सहयोगका लागि खोलिएको संस्था निकै प्रभावकारी बन्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्