१९ हजार कर्मचारीलाई कारबाही सिफारिस

१९ हजार कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा भ्रष्टाचारका एक हजार २२९ उजुरी परेका छन्। त्यसमा ९ सय ९ को फछ्र्योट गरिएको छ। केन्द्रमा आएका उजुरीमध्ये आर्थिक वर्ष २०७४-७५ मा थप अध्ययन गरेर प्रतिवेदन तयार पारी एक सय ५८ वटा उजुरीको थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

प्रधानमन्त्री केपी ओलीसमक्ष बुझाइएको आर्थिक वर्ष २०७४÷७५ को केन्द्रको प्रतिवेदनमा सम्बन्धित निकायमा ४३ उजुरी फिर्ता पठाइएको उल्लेख छ। यसमा ७ सय २ उजुरी तामेलीमा पठाइएको छ। चालू आवमा १९ हजार १ सय ३४ जना सार्वजनकि पद धारण गरेका पदाधिकारी र सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ। ती पदाधिकारी र सरकारी कर्मचारीलाई कारबाहीका लागि अख्तियारमा पठाइएको केन्द्रका प्रवक्ता एवं सहसचिव विष्णुराज लामिछानेले जानकारी दिए।

केन्द्रले राष्ट्रिय गौरवका १८ र अन्य आयोजनातर्फ १८ वटा गरी ३६ वटा आयोजनाको प्राविधिक परीक्षणसमेत गरेको प्रतिवेदनमा उल्लेख छ। सिक्टा सिँचाइ आयोजना, मध्यपहाडी लोकमार्ग र पशुपति क्षेत्र विकास कोषको प्राविधिक परीक्षण गरेको छ। आघिल्लो वर्षका ८ आयोजनाको अन्तिम प्रतिवेदनसमेत यही वर्ष तयार पारिएको छ।

प्राविधिक प्ररीक्षणका समय पाइएका अपरिपालना प्रतिवेदनलाई सरोकारवालाकै उपस्थितिमा केन्द्रमा प्रस्तुतीकरण गराई त्रुटि सच्याउन निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ। भ्रष्टाचार हुन सक्ने स्थान, निकायको विस्तृत अनुसन्धान गर्ने कार्यअन्तर्गत ४ वटा निकायको विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको सुझाव कार्यान्वयनका लागि पठाइएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्