६ महिना लाग्यो पेटमा बच्चा पनि मज्जाले चल्छ,तर परिवारबाट लुकेर गर्भ जाँच

<span class='c1'>६ महिना लाग्यो  पेटमा बच्चा पनि</span> <span class='c2'>मज्जाले चल्छ,तर परिवारबाट लुकेर गर्भ जाँच</span>

भद्रपुर, २३ माघ । झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनले सुनाइन् । ‘म त लुकीलुकी भए पनि स्वास्थ्य चौकीमै आउँछु’, उनले भनिन् ।

वडा नम्बर ३ की समिरा आलमले स्वास्थ्य चौकी बन्द हुँदा पहिलो बच्चा घरमै जन्माएको सुनाइन् । दोस्रो बच्चा भने उनले बर्थिङ सेन्टरमा जन्माइन् । ‘घर अगाडि नै स्वास्थ्य चौकी बनेर हामीलाई सहज भएको छ’, उनले भनिन्, ‘तर, चेकजाँचका लागि घरमा अनेक जाल बुनेर जानु पर्छ ।’ स्वास्थ्य चौकीमा रगत परीक्षण पनि भए त्यसले धेरै महिलालाई सजिलो हुने उनको भनाइ छ ।

स्वास्थ्य जाँच अनि प्रसूतिका लागि दमकको आम्दा र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्नुपर्ने बाध्यता गाउँपालिकाले हटाइदिएको छ । यसमा पनि गर्भवती भएका बेला परीक्षणका लागि अस्पतालसम्म जान नपाउने मुस्लिम महिला लाभान्वित भएका छन् । झापा–३ का सुरेश गणेशले श्रीमतीलाई प्रसूति गराउन अस्पताल नलगेको बताए । ‘अस्पताल लैजान मसँग पैसा थिएन, खोज्दा पाइनँ’, उनले भने, ‘८० किलोमिटर टाढा रहेको मेची अञ्चल अस्पतालमा बिरामी लैजाँदै गर्दा पुग्ने बेला दिदीको मृत्यु भयो ।’ अब त यहाँका महिलालाई सामान्य अवस्थामा सुत्केरी गराउन टाढाका अस्पतालमा कुदाउनुपर्ने बाध्यता नरहेको उनको भनाइ छ ।

यहाँ रहेको बर्थिङ सेन्टरले ६ महिनामा २१ महिलालाई प्रसूति सेवा दिएको छ । तीमध्ये अधिकांश मुस्लिम समुदायका छन् । टाढाका अस्पताल लानुपर्ने बाध्यतालाई मध्यनजर गरी ६ महिनाअघि सेवा दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । उनका अनुसार स्वास्थ्य चौकी पाँच वर्षजति बन्द भएको थियो । बर्थिङ सेन्टर स्थापनासँगै मुस्लिम महिलासमेत गर्भ जाँच र प्रसूतिका लागि आउने गरेको उनले सुनाए ।‘यो खुसीको कुरा हो’, उनले भने, ‘मुस्लिम समुदायमा गर्भ परीक्षणका लागि अस्पताल जान हुँदैन भन्ने मान्यता छ । तर, मुस्लिम महिला लुकीलुकी भए पनि नियमित परीक्षणका लागि आउने गरेका छन् ।’ अन्नपुर्ण पाेष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्