बिराटनगरमा जारी ‘विराट फूटवेयर एक्स्पो’ को १२ दिनमा नै ८० लाख बढीको कारोबार

बिराटनगरमा जारी  ‘विराट फूटवेयर एक्स्पो’ को १२ दिनमा नै ८० लाख बढीको कारोबार

बिराटनगर माघ २३ ,

बिराटनगरमा जारी ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको १२ दिनमा नै ८० लाख बढीको कारोबार भएको छ  । एक्स्पोका संयोजक होमनाथ उपाध्याय अनुसार अहिले सम्म ८० हजार बढी ग्राहकले एक्स्पो भ्रमण गरिसकेका छन् भने अझै भिड बढ्ने क्रम जारी रहेको छ  ।

विराटनगर–७ सात घुम्ती स्थित खाली जग्गामा सुरु भएको उक्त जुत्ताचप्पल मेलामा बिराटनगर साथै झापा , सुनसरी , धनकुटाबाट पनि ग्राहकको उपस्थिति रहिआएको छ ।

सस्तोमा जुत्ताचप्पल पाउने भएपछी सीमावर्ती भारतबाट पनि दैनिक ग्राहक आउने गरेको मेला आयोजकले जनाएको छ ।

मेलामा छाला जुत्ता, स्पोर्टस जुत्ता, स्कुल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्प्ल, हवाई च्प्पल लगायतका वस्तु विक्रीका राखिएको छ । उत्पादक कम्पनीहरुले १५ देखि ६० प्रतिशतसम्म उपभोक्तालाई छुट दिएको मेला ग्राहकहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक उपाध्ययले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्