विराटनगरमा जारी ‘ए’ डिभिजन क्रिकेट :एग्रोभेटले विराटनगरकै एमसीसी क्रिकेट क्लबलाइ २ विकेटले हरायो

विराटनगरमा जारी ‘ए’ डिभिजन क्रिकेट :एग्रोभेटले विराटनगरकै एमसीसी क्रिकेट क्लबलाइ २ विकेटले हरायो

विराटनगर माघ २३ ।

विराटनगरमा जारी ‘ए’ डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा एग्रोभेट क्रिकेट क्लब विजयी विराटनगर विजयी भएको छ ।  एग्रोभेटले विराटनगरकै एमसीसी क्रिकेट क्लब विराटनगरलाई २ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्यटिङ गरेको एमसीसी क्रिकेट क्लबले ३७ दशमलब ४ ओभरमा अल आउट हुँदै ११६ रन बनाएको थियो । उसका लागि रवी रायले २४ र अविषेक बरालले २२ रन बनाए । एग्रोभेट लागि सुनील चौधरी र बैजनाथ चौधरीले ३–३  र लाल बाहदुर शर्माले २ विकेट लिएका थिए । 

जवाफि ब्यटिङ गरेको एग्रोभेटले ३५ दशमलब १ ओभरमा ८ विकेट गुमाउँदै निर्धारित लक्ष्या हाँसिल गरेको थियो । उसका लागि म्यान अफ द म्याच लालबहादुर शर्माले २५ नट आउट र संजय मण्डलले १९ रको योगदान गरेका थिए ।
एमसीसीका लागि मोती चौधरी र बब्लु राजवंशीले ३–३ विकेट लिएका थिए । बुधवारको खेल विनायक क्रिकेट एकेडमी र एम सि सि क्रिकेट क्लब विराटनगर बीच हुने आयोजक लायन्स क्लब अफ विराटनगर योङ हर्टका अध्यक्ष सनातन मण्डलले बताए ।(बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्