रंगेलीमा यस्ता छोरा जो देहान्त भएका बुबाआमाको घर मै सालिक बनाई दैनिक पुजा गर्छन !

रंगेलीमा यस्ता छोरा जो देहान्त भएका बुबाआमाको घर मै सालिक बनाई दैनिक पुजा गर्छन !

बिबेक दाहाल

बिराटनगर माघ २३ ,

नेपाल आइडल सिजन २ को एउटा श्रृङखलामा गायक पुस्पन प्रधानले जब आफ्नो प्रस्तुतिपछि केही शब्द उनले बृद्धआश्रममा आफुले देखेको भोगेको बारे बताए तब सम्पूर्णको आँखा रसाए । धेरै छोराछोरीले, आफुले जन्म दिएको सन्तानले आफ्नै बुबाआमालाई बृद्धआश्रममा पुर्याउने गरेको तितो यतार्थ उनले बताईरहदा उनले नेपालमा अहिले विशेषगरी शहरी एरियामा देखिएको एउटा सामाजिक दुरावस्था बोलेका थिए । विशेषगरी शहरमा धेरै बृद्धआश्रम खुलेका छन् , जीवनको वृद्ध अवस्थामा आफै आमाबुबालाइ हेपेर बृद्धआश्रममा पुर्याउने सन्तानको कथा प्रत्येक बृद्धआश्रममा रहेका आमा बुवाले बताउन सक्छन ।

तर , मोरङको रंगेलीमा एकजना यस्ता सपुत छन् जसले आफ्नो आमाबुवाको देहान्त भएपछि पनि उनीहरुलाई दैनिक सम्झन्छन , आफ्नै घरमा बुबाआमाको सालिक बनाएका छन् र दैनिक धुप बालेर , फुल चडाएर पुजा गर्छन । कथा हो मोरङ रंगेली ७ आदर्श टोलमा बस्ने ओजस्वी सत्यालको । कटहरीको एक  विद्यालयमा प्राध्यापक बुबा हरि प्रसाद सत्यालको बि.स २०६१ मा क्यान्सरबाट मृत्यु भयो , त्यसको दुख सकिन नपाउदै आमा उषा देवी सत्यालको पनि देहान्त भयो । तीन जना दिदीबहिनीमा पनि एक जनाको देहान्त भएको र उनि परिवारका एक मात्रै छोरा हुन् ।

११ महिनाको अन्तरलमा ओजस्वीले आफ्नो प्राण भन्दा प्यारा बुबाआमा गुमाए । बुबाआमालाई असाध्यै माया गर्ने उनि दुवै जनाको मृत्यु पछी निक्कै पिडामा रहे । "त्यो समय निकै पीडादायी भयो, दुखले मैले पढाई पनि छाडे  झन्डै डिप्रेसनको सिकार बनिसकेको थिए म" उनले भावुकता प्रकट गरे ।

उनले आजभन्दा ११ बर्ष अघि आफ्ना आमाबुबालाई सधै सम्झन आफ्नै घर अगाडी आमाबुवाको मुहार अंकित सालिक बनाएका छन् । काठमाडौंमा बनाइएको उक्त सालिक उनले ४ लाख खर्चेर बनाएका हुन् । फुलले घेरिएको उक्त सालिकमा उनि हरेक दिन फुल चढाउने गर्छन । आमाबुबा सम्झने एउटा साहारा बनेको छ उक्त सालिक अहिले उनको लागि । विदेश बसेर केहि महिना अघि नेपाल आएका उनीले केहि महिना अघि मात्रै बिवाह गरेका छन् । उनि श्रीमतीलाई पनि साथमा लिएर बुबाआमाको सालिकमा पुजा गर्ने गरेको स्थानीय बताउछन ।

[caption id="attachment_76427" align="alignnone" width="523"] ओजस्वी सत्याल[/caption]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्