विराटनगरका मेयर भीम पराजुलीले किन भेटे प्रधानमन्त्री ओलीलाई ? कारण यस्तो छ…

विराटनगरका मेयर भीम पराजुलीले किन भेटे प्रधानमन्त्री ओलीलाई ? कारण यस्तो छ…

विराटनगर २३ माघ ।

विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीसँग भेटघाट गरेका  छन् । भेटमा मेयर पराजुलीलले बिराटनगरको समग्र बिकास निर्माणको बारेमा प्रधानमन्त्रीसंग  छलफल गरिएको बताए  । मंगलबार काठमान्डौ राजधानी प्रस्थान गरेका  मेयर भीम पराजुलीलले प्रधानमन्त्रीसँग भेटघाटका क्रममा बिराटनगरलाई अस्थायी राजधानीबाट स्थायी राजधानी बनाउने विषयमा समेत छलफल गरिएको मेयर पराजुलीलले बताए ।

त्यसैगरी बिमानस्थललाई अन्तरास्ट्रिय स्तरको बनाउने, रिङरोडलाई पुर्णता दिन आवश्यक बजेट बिनियोजन गर्ने  , बिराटराजाको दरवार बनाउने, सिघीया तथा केसलिया खोलालाई तटबन्धन गरी ग्रीनबेल्ट बनाउने साथै आगामी फागुन २८ गतेदेखि विराटनगरमा हुन लागेको साफ महिला फुटबलको उद्घाटन्का लागी निम्तो समेत दिएको मेयर पराजुलीले जानकारी दिए।

साथै बिकास निर्माणका बारेमा अत्यन्तै सौहार्दपुर्वक महत्त्वका साथ छलफल गरी प्रधानमन्त्री के.पी शर्मा ओलीले उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने वचन आश्वासन दिनुभएको पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्