विराटनगरमा सुमित खडकाको एकल साझँको तयारी, दिपाश्रीले पनि प्रस्तुति दिने

विराटनगरमा सुमित खडकाको एकल साझँको तयारी, दिपाश्रीले पनि प्रस्तुति दिने

विराटनगर, २३ माघ । देशभक्ति गीतहरु गाउँदै आएका विराटनगरका राष्ट्रिय गायक सुमित खड्काको एकल गायन साँझको तयारी तिब्र पारिएको छ । सरस्वती पुजाको दिन हुने एकल साँझको तयारीका लागि गायक खड्कालाई यतिबेला भ्याई नभ्याई छ ।
विराटनगरको विरेन्द« सभा गृह विराटनगरमा हुन लागेको एकल साँझमा चर्चित निर्माता तथा निर्देशक हाँस्य कलाकार दिपाश्री निरौला, गायिका प्राश्ना शाक्य लगायत अन्य कलाकारहरु आउने गायक सुमित खड्काले जानकारी दिए । ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ, गायक खड्काले भने, मेरो यो पहिलो एकल गायन प्रस्तुति भएकोले एकल साँझलाई भव्यताका साथ सफल पार्न धेरै मेहेनत गरिरहेको छु ।’ सरस्वती पुजाको दिन कलाकारका लागि महत्वपूर्ण दिन भएकोले यस दिनको कार्यक्रम एतिहासिक हुने उनले बताए ।
वीर प्रोडक्सन इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रमलाई रमपम तयारी चाउचाउले प्रायोजन गरेको छ भने अनलाई मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्