विराटनगरको केभिएम स्र्पोट्स मिट सकियो

विराटनगरको केभिएम स्र्पोट्स मिट सकियो

विराटनगर, २३ माघ । विराटनगर–१० मा रहेको कोशी विद्यामन्दिरको आयोजनामा भएको बिद्यालयको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ १३ गते देखि सञ्चालन भएको स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु खेलाएको स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mलेले जानकारी दिए ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल काफ्लेको भनाई छ । उनले भने, ‘यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’ स्पोर्ट्स मिटमा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका २ सय ६५ विद्यार्थीहरु सहभागी रहेको स्कूलले जनाएको छ ।
विजयी हुने विद्यार्थीलाई स्कूलका प्रिन्सिपल धिजनबाबु काफ्ले, निर्देशक राजेश दास लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्