विराटनगरमा प्रदेश स्तरीय दुईदिने चित्रकला प्रदर्शनीको तयारी

विराटनगरमा प्रदेश स्तरीय दुईदिने चित्रकला प्रदर्शनीको तयारी

विराटनगर, २३ माघ । विराटनगरमा लामो समयपछि प्रदेश स्तरीय चित्रकला प्रर्दशनी हुने भएको छ । ललित कला संगमको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हर्टको सहयोगमा माघ २६ र २७ गते विराटनगरको नमस्कार होटलमा चित्रकला प्रर्दशन हुने भएको हो ।

ललित कला संगमले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि प्रदेश स्तरीय चित्रकला प्रर्दशनीमा १४ जिल्लाका ४४ जना कलाकारहरूले तयार गरिएको चित्रहरू प्रर्दशनीमा राखिने जानकारी गराएको हो । ‘कलाको सम्मान र उनीहरूको प्रतिभा उजागर गर्न प्रर्दशन स्तरीय चित्रलका आयोजना गर्न लागेका हौं,’ ललित कला संगम विराटनगरकी अध्यक्ष अनुराधा थापाले भनिन्, ‘यसको तयारीमा हामी जुटेका छौं । सबैको साथ सहयोगले भव्य र सभ्य गर्नेछौं ।’
उनका अनुसार माघ २६ गते प्रदेशभरीका कलाकारहरूको विराटनगरमा उपस्थिती भएर विचार विमर्श गर्नेछन् । ‘प्रर्दशनको अघिल्लो दिन कलाकारहरू भेला हुन्छन्,’ अध्यक्ष थापाले भनिन्, ‘त्यस दिन एकै ठाउँमा जमघट भएर चित्रहरू बनाउन् । उनीहरूले बनाएको चित्र सन्देशमुलक हुनेछ । त्यस चित्र माघ २७ गते प्रर्दशनमा राखिनेछ ।यस अघि २०५८ सालमा राष्ट्रिय स्तरको कला कार्यशाला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्