बोर्डिङ स्कूल नजिकै विष्फोटक पदार्थ भेटियो, सेनाको टोली घटनास्थलमा

<span class='c1'>बोर्डिङ स्कूल नजिकै विष्फोटक पदार्थ</span> <span class='c2'>भेटियो, सेनाको टोली घटनास्थलमा</span>

विर्तामोड, २३ माघ । झापाको गौरीगञ्ज गाउँपालिका वडा-१ कुञ्जीबारी बजारस्थित न्यू युनिभर्सल बोर्डिङ स्कूल नजिकै विष्फोटक पदार्थ फेला परेको कुञ्जीबारी प्रहरी चौकीले जनाएको छ।स्कूल उत्तरपट्टीको बाँसको झ्याङमा सो पदार्थ फेला परेको चौकीले जनाएको छ।

दुईवटा बोतलसँगै मोटरसाइकलमा प्रयोग हुने ब्याट्री र अन्य बिद्युतीय सामग्री टेपले बेरिएर राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो। उक्त पदार्थ इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस् आइडी हुनसक्ने प्रहरीको अनुमान छ। उक्त बोर्डिङ स्कूलमा चन्दा मागेको अज्ञात समूहले विष्फोटक पदार्थ राखेको हुन सक्ने प्रहरीको अनुमान छ। नेपाली सेनाको चारआली व्यारेकबाट सेनाको टोली विष्फोटक पदार्थ डिस्पोजका लागि त्यहाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्