राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम विराटनगरमा सुरु, मन्त्री यादवले गरे अनुगमन

राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम विराटनगरमा सुरु, मन्त्री यादवले गरे अनुगमन

विराटनगर, २४ माघ ।
राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु भएको छ । विराटनगरमा भएको राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रमको अनुगमन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा क्षयरोगको अवस्था बुझ्न राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु गरिएको जानकारी दिए । अन्य देशको तुलनामा नेपालमा क्षयरोग निवारणका क्षेत्रमा उल्लेख्य काम भएको भन्दै उहाँले नेपाल सरकारले क्षयरोग निवारणका लागि प्रचारप्रसार र सचेतनाका साथै विभिन्न कार्यक्रम संचालन गरिरहेको बताए ।
राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रमका राष्ट्रिय कोअर्डिनेटर अनिल थापाले ५५ वटा जिल्लामा ९९ वटा क्लस्टर बनाई कार्यक्रम सुरु गरेको जानकारी दिए । उनले ५७ हजार ६ सय १० जनाको परीक्षण गरी समग्रमा नेपालमा क्षयरोगको अवस्था कस्तो छ भनेर आउदो नोभेम्बर सम्ममा रिपोर्ट संकलन गरिसक्ने जानकरी दिए । भौगोलिक विकटता र मौसम लगायतका कारणले गर्दा क्षयरोग खोजपड्ताल गर्न चुनौती रहेको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स कार्यक्रमका सर्भे म्यानेजर शरण गोपालीले बताए ।
प्रदेश नम्बर १ मा १० वटा जिल्लामा १६ वटा क्लस्टर बनाई कार्यक्रम संचालन भईरहेको स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत ध्रुव उराँवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्