शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्ति विराटनगरमा पुरस्कृत

शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्ति विराटनगरमा  पुरस्कृत

विराटनगर, २४ माघ ।
कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठी विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेको छ । शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई  विराटनगरमा आयोजित समारोहमा गुठीले पुरस्कृत गरेको हो ।

लामो समयदेखि साहित्य लेखनमा सक्रिय साहित्यकार उन्नति बोहरालाई नगद २५ हजारसहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै १५ हजार राशिको कला–संस्कृति पुरस्कारबाट वरिष्ठ कलाकार माया पौडेल पुरस्कृत भए । सुरक्षा प्रशासन क्षेत्रमा योगदान पु¥याएबापत कर्णेल निरन बस्नेत र शिक्षा क्षेत्रमा योगदान पु¥याएबापत अभिषेक मल्ललाई पनि कार्यक्रममा १५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे ।
साहित्यकार दधिराज सुवेदी, प्राज्ञ गंगा सुवेदी, डा. खगेन्द्र आचार्य, अरनिको उच्च माविकी प्रिन्सिपल कमला कुँवर, गुठीका अध्यक्ष दिनेश सुवेदी ( दिङ्लाली कान्छो) ले मन्तव्य व्यक्त गरे । कार्यक्रममा अरनिको उच्च माविमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्