मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु

मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु

विराटनगर, २४ माघ ।
मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । मेयरकप क्रिकेट टुर्नामेन्टको आज प्रदेश नम्बर १ का सांसद शिवनारायण सिंहले उद्घाटन गरे। उद्घाटन समारोहमा सांसद सिंहले खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत पुग्ने बताए । उनले हरेक स्थानीय तहले खेलकुदलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
त्यस्तै रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनबर्षि नगरपालिकाका मेयर कालीप्रसाद दासलगायतले खेलकुदको विकासका लागि नगरपालिकाले प्राथमिकतामा राखेको बताए । स्थानीय कलाकारहरुले जातीय पहिचान झल्कने पहिरनमा गीत र नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रदेश नम्बर १ का १९ स्थानीय तहको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्